काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सचिवालयको आइतबारको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।नेतृ पाण्डेसहित रावल र तिम्सिनाले पार्टीले जग्गा दान लिएकोबारे आलोचना गरेका थिए । पाण्डेले त व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिएको विषय फिर्ता गर्नुपर्ने बताएकी थिइन् । उनले उक्त निर्णय सच्चाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिएकी थिइन् ।
रावलले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गम्भीर विचलन भएको टिप्पणी गरेका थिए । गत असोज २५ गते प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको जग्गामा पार्टी कार्यालय शिलान्यास गरेका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया