logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेटवार्ता

    832Shares
    प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेटवार्ता

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट