काठमाडौं । चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली काठमाडौँ फर्केको छ ।पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन गएको रास्वपाको टोली बिहीबार बिहान काठमाडौँ आएको हो ।
१० दिने भ्रमणका लागि डा. वाग्ले नेतृत्वको १४ सदस्यीय टोली शनिवार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु स्वदेश फर्किएका हुन् ।
यस्तै डा. तोसिमा कार्कीले क्रान्ती उग्र मात्र नभैइ अब शालीन क्रान्ती हुने बताईन् । उनले क्रान्ती रातो मात्र नभएर निलो पनि हुने बताईन् ।
उनले भनिन्, ‘क्रान्ती उग्र मात्र नभैइ अब शालीन पनि हुन्छ । क्रान्ती रातो मात्र हुन्न निलो पनि हुन्छ । शान्तिपूर्ण ढंगले र शालिन तरिकाले बौद्धिक क्रान्ती गर्ने छौं । युवाको क्रान्ती गर्छौं, एक थोपा पनि रगत चुहिँदैन , कसैमाथी ढुंगा प्रहार गर्ने, गोली चलाउने, हिंसाको बाटो नअपनाईकन शान्तिपूर्ण तरिकाले देशलाई सम्वृद्धिको बाटो खोज्ने क्रान्ती नै निलो क्रान्ती हो ।’
दश दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएको हो ।
बेइजिङ पुग्ने कार्यक्रम भएपनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया