logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

    958Shares
    दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

    काठमाडौं ।  दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन भएको छ।प्रसाईंलाई रिहा गर्न माग गर्दै सोमबार माइतीघर मण्डलमा राष्ट्रिय नागरिक श्रमिक महासंघले प्रदर्शन गरेको हो।

    मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।

    प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

    सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट