logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • भेन्टिलेशन फोरेर धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

    931Shares
    भेन्टिलेशन फोरेर धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ । हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिप्रका धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

    फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको बताए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट