काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा भोलि बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया