logo

२०८३ असार २२ सोमबार

logo
  • २०८३ असार २२ सोमबार
  • ३० वर्ष टिक्ने गरी दाउन्ने सडक निर्माण, दैनिक २० हजार सवारी चले पनि असर पर्दैन : आयोजना निर्देशक ढकाल

    859Shares
    ३० वर्ष टिक्ने गरी दाउन्ने सडक निर्माण, दैनिक २० हजार सवारी चले पनि असर पर्दैन : आयोजना निर्देशक ढकाल

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्डमा भइरहेको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशक चुडाराज ढकालले निर्माण भइरहेको कङ्क्रिट ढलान कम्तीमा ३० वर्ष टिक्ने गरी डिजाइन गरिएको दाबी गरेका छन्।

    ढकालका अनुसार दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। त्यसबाहेक सडकको एकातर्फको निर्माण सम्पन्न भइसकेको र सोही भागबाट सवारी सञ्चालन भइरहेको उनले बताए।

    उनले यसपटक परम्परागत कालोपत्रेभन्दा कङ्क्रिट ढलान (रिजिड पेभमेन्ट) रोज्नुको मुख्य कारण दाउन्नेको भौगोलिक संवेदनशीलता र अत्यधिक सवारी चाप रहेको स्पष्ट पारे।

    “हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई आधार मानेर सडक निर्माण गरेका छौं,” ढकालले भने, “दैनिक १२ हजारदेखि २० हजारसम्म सवारी साधन सञ्चालन हुँदा पनि सडकको संरचनामा कुनै समस्या आउँदैन।”

    ढकालका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टनसम्म रहने गरी डिजाइन गरिएको छ। निर्धारित मापदण्डअनुसार भार नियन्त्रण गर्न सके सडकको आयु ४० वर्षसम्म पुग्न सक्ने उनको भनाइ छ।

    उनले दाउन्नेमा हरेक वर्ष दोहोरिने खाल्डाखुल्डी, सडक भासिने समस्या र पटक–पटकको मर्मतलाई अन्त्य गर्ने लक्ष्यसहित दीर्घकालीन समाधानका रूपमा कङ्क्रिट ढलान गरिएको बताए।

    आयोजनाका अनुसार बाँकी रहेको ढलान कार्य सम्पन्न भएपछि दाउन्ने खण्डमा वर्षौंदेखि यात्रु र चालकले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट