logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • प्रधानमन्त्री ओलीको आइतबार बिहान ११ बजे सपथ, सांसदहरूलाई शीतल निवासमा निम्तो

    802Shares
    प्रधानमन्त्री ओलीको आइतबार बिहान ११ बजे सपथ, सांसदहरूलाई शीतल निवासमा निम्तो

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ खाने भएका छन्। सपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले संघीय सांसदहरूलाई निम्तो पठाएको छ।

    बिहान ११ बजे शपथ समारोह राखिएकाले सबै सांसदहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी संघीय संसदका महासचिवलाई पत्र पठाइएको हो ।

    राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीले पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०८१/३/३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समारोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ।’

    कांग्रेससहित साना दलहरूको दुई तिहाइको समर्थनमा एमालेका अध्यक्ष केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।



    फास्ट न्युज    
  • २०८१ असार ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार