logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुँदैनः हर्क साम्पाङ

    784Shares
    देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुँदैनः हर्क साम्पाङ

    काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्कराज राई (साम्पाङ) ले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन् ।

    ‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसर तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ ।’

    यही प्रसंगमा प्रधानमन्त्रीले बोलेको कुरा सच्चाउनु पर्छ भन्ने मागसहित असहमति व्यक्त गरिरहँदा बुधबार संसद्मा विरोध गरेको उनले स्मरण गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले राखेको उक्त अभिव्यक्तिको स्पष्टीकरण दिन लाग्दा श्रम संस्कृति पार्टीको असहमति र विरोध रहेको थियो भनेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ । यो अत्यन्तै निन्दनीय व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ ।’ संसदको मर्यादा र गरिमा दिनदिनै खस्कंदो रहेको भन्दै उनले थपेका छन्, ‘यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहिआएको छ ।’



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट