logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    760Shares
    मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

    प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ, जहाँ मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन् ।

    मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेर नेतृत्वमा आएका थिए । तर, जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।

    जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंह ले समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशको राजनीतिक समीकरण फेरिएको छ ।

    यद्यपि, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपा बीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।

    मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । चार दलको कुल संख्या ६२ पुग्ने भएकाले मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत पाउने सम्भावना बलियो देखिएको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट