logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • आजदेखि मतदाता नामावली अद्यावधिक सुरु

    1KShares
    आजदेखि मतदाता नामावली अद्यावधिक सुरु

    काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ ।गत मंसिर ६ देखि स्थगन गरिएको नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो।

    राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ।

    मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए |

    साथै, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने (नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार सच्याउने, आदि), दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागिसमेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने आयोगले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट