logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

    1KShares
    आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

    काठमाडौं ।प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।आजदेखि शुरु भइ यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा सञ्चालन हुनेछ । आयोगका अनुसार यो अवधिमा मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने मुख्य उद्देश्य छ । त्यसका लागि एकरएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुँदैछन् ।

    प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

    आजदेखि शुरु भइ यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा सञ्चालन हुनेछ । आयोगका अनुसार यो अवधिमा मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने मुख्य उद्देश्य छ । त्यसका लागि एकरएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुँदैछन् ।

    आयोगले आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै पालिका, प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट