logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • कांग्रेस महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने प्रस्ताव पारित

    976Shares
    कांग्रेस महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने प्रस्ताव पारित

    काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे बैठकमा आउँदाे वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यकाे समर्थनमा पारित भएकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।

    उहाँले भन्नुभयो, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदाे वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेकाे छ ।’

    यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गर्नुभएकाे छ ।

    यस्तै बैठकले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आउँदाे जेठ मसान्तसम्म थप गरेको छ । यसअघि गएकाे मङ्सिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ पुष १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार