logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • मौसम कस्तो होला आज ?

    1KShares
    मौसम कस्तो होला आज ?

    काठमाडौं । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । तराईमा हुस्सु र कुहिरो लागेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो रहेको छ ।

    यसैबीच, आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ ।राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।



    फास्ट न्युज    
  • २०८२ पुष १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट