logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • वर्षाका कारण डढेलो निभ्न थाल्यो, धेरै ठाउँमा पानी पर्ने

    805Shares
    वर्षाका कारण डढेलो निभ्न थाल्यो, धेरै ठाउँमा पानी पर्ने

    काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ ।

    हिजो कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परेको थियो । पानी परेका ठाउँमा डढेलो निभेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँकाअनुसार हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

    कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिनुभयो । बाँकी ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण हिजोदेखि पानी पर्न थालेको हो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार