logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • आज एमाले सचिवालय बैठक, विधान संशोधन प्रस्ताव लैजाने तयारी

    1KShares
    आज एमाले सचिवालय बैठक, विधान संशोधन प्रस्ताव लैजाने तयारी

    २६ मंसिर, काठमाडौ । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने तयारी छ ।

    स्रोतकाका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिदैछ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिदै आएको छ ।

    यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना देखिएको छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारीले पनि सचिवालय बैठकमा नेताहरुको चासो छ । एमाले महाधिवेशन २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सकिनेछ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट