logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्दै, सोमबारसम्म निवेदन मिति

    916Shares
    राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्दै, सोमबारसम्म निवेदन मिति

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ गते साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

    सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैङ्कमा तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख बराबर लगानी हुनेछ ।

    बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट