काठमाडौं । आज मंसिर १ गते नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया