logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

    1.1KShares
    तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    यसअघिको कार्त्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगतै तिहार बिदा भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि आज मात्र मूल्य सार्वजनिक भएको हो ।

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज २६५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। कार्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट