logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद

    1.1KShares
    टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद

    काठमाडौं — नागरिकता शंकास्पद भएपछि टीओबी सदस्य तेन्जिङ दावा लामामाथि प्रहरीले थप अनुसन्धान थालेको छ। प्रहरीको उच्च स्रोतका अनुसार, तेन्जिङले देखाएको जन्मदर्ता र नागरिकता प्रमाणपत्र कागजमा भए पनि ती विवरणहरू सरकारी रेकर्डमा नभेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

    तेन्जिङले काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता (वि.सं. २०६३ चैत १०) र २०७९ साल असारमा लिएको नागरिकता पेश गरेका थिए। तर ती विवरण काठमाडौं महानगरपालिका–६ को आधिकारिक अभिलेख (ढड्डा) मा फेला नपरेको वडा अध्यक्ष भुवन लामाले पुष्टि गरे।

    वडाध्यक्ष लामाका अनुसार, “हामीले ती विवरणहरू खोज्दा ढड्डामा केही पनि भेटेनौं। यसै आधारमा तयार गरिएको पत्र भोलि जिल्ला प्रहरी परिसरमा पठाउँदैछौं।” यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले तेन्जिङको विषयमा थप अनुसन्धान गर्न गत असोज २७ गतेबाट ६ दिनको म्याद दिएको थियो। यो म्याद उनले ‘अभद्र व्यवहार’ मुद्दामा अनुसन्धान भैरहेको कारण थपिएको हो।

    तेन्जिङले सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोमा पेस्तोल जस्तो देखिने हतियार बोकेको देखिएका थिए। भिडियोमा उनी टीओबी लेखिएको ज्याकेट लगाएर देखिएका थिए, जसले जेनजी आन्दोलनमा घुसपैठ गरेको आशंका थपिएको थियो।

    घटनापछि प्रहरीले खोजी थाल्दा तेन्जिङ आफैं प्रहरीमा हाजिर भएका थिए। प्रहरीका अनुसार उक्त भिडियो अहिलेको होइन, करिब एक वर्ष पुरानो हो। उनीसँग नक्कली पेस्तोल पनि बरामद भएको जनाइएको छ। यससम्बन्धी थप अनुसन्धान प्रहरीद्वारा जारी छ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट