काठमाडौं । जन्तेढुंगा गाउपालिकाले वैज्ञानिक महावीर पुनद्वारा लिखित पुस्तक “आत्माकथा” ५० थान खरिद गरेको छ।
यो संगै गाउँपालिकाले महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्र बाट उपलब्ध हुने पालिकालाई आवश्यक पर्ने औजार उपकरण खरिदमा पनि पहिलो प्राथमिकता दिने योजना रहेको बतनएका छन्।

बुधवार जन्तेढुंगा गाउपालिकाको तर्फ बाट उपाध्यक्ष खेम बहादुर खड्का र आविष्कार केन्द्र विच यस आर्थिक बर्षमा दुना टपरी बनाउने मेसिन १ थान, वेवी वार्मर १ थान र ५० थान पुनको पुस्तक खरिद गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात् उपाध्यक्ष खड्काले फास्ट न्युज सेभेन डटकमलाई भन्नुभयो “हामीले हाम्रो देशको लागि काम गरिरहेका आविष्कार केन्द्रलाई सहयोग पनि गर्यौ, उहाहरुले उत्पादन गरेको सामग्री बाट हाम्रो पालिकाकोआवश्यकता पनि पूरा गर्नेछौ। यसले आविष्कार केन्द्र र जन्तेढुंगा गाउपालिका दुवैलाई फाइदा छ।”
स्वदेशका उधोगधन्दा र सिपलाई हामीले प्राथमिकता दिन सकेनौ भने हामीले खोजेको समृद्धी कहिल्यै पूरा नहुने खड्काको भनाई छ। उहाले भन्नू भयो ” हाम्रो स्वदेशी उत्पादन लाई प्राथमिकता दिनु हामी सबै स्थानीय तहको कर्तव्य हो। हामीले स्थानिय कला सिपको उपयोग गर्यौ भने मात्र हाम्रो मुलुकका युवाहरुलाई विदेश पलायन बाट रोक्न सक्छौं ।”
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया