logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एमाले विधान महाधिवेशनमा कर्ण थापाले फरक मत राख्ने पाउने

    988Shares
    एमाले विधान महाधिवेशनमा कर्ण थापाले फरक मत राख्ने पाउने

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य कर्ण थापालाई विधान महाधिवेशनमा फरक मत राख्न दिने भएको छ ।

    गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेल सांगठानिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि थापालाई फरक मत पढ्न दिइने कार्यसूची तय भएको हो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको छ ।

    थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत राख्नेछन् ।

    बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

    थापालाई फरक मत राख्न दिएपछि भण्डारी सदस्यताको विषयमा विधान महाधिवेशनमा छलफल नहुने ओलीले बताइसकेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट