काठमाडौं।नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्।बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्।भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो।आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश पाएका छन्।
नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्।प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया