logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • रुबीकाे हत्या आरोपी लक्ष्मणको उपचारका क्रममा मृत्यु

    991Shares
    रुबीकाे हत्या आरोपी लक्ष्मणको उपचारका क्रममा मृत्यु

    काठमाडौं । आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका रुबीकुमार साहका हत्या आरोपीको मृत्यु भएको छ । रुबीका हत्या आरोपी रौतहटका लक्ष्मण पासवानको अस्पतालमा उपचार हुँदाहुँदा हुँदै मृत्यु भएको हो । आफ्नै शरीरमा आगो लगाएपछि उनी गम्भीर घाइते भएका थिए । सडकमा भेटेर प्रहरीले उनलाई अस्पतचाल पुर्याएको थियो ।

    बुधबार साँझ ६ बजे उनलाई किर्तिपुर वर्न अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी अपीलराज बोहराले केही सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।रौतहटको माधवनारायण नगरपालिका–२ मुडबलवाका रुबीकुमारीको गत शनिबार बेलुका हत्या भएको थियो । भोलिपल्ट आइतबार बिहान सडकमा फालिएको सुटकेसमा उनको शव फेला परेको थियो ।

    साहका हत्या आरोपी पासवान बुधबार बिहान आफ्नो घरनजिकै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको अवस्थामा फेला परेका थिए । स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि जलेर गम्भीर घाइते अवस्थामा फेला परेका ३० वर्षीय पासवानलाई सुरुमा रौतहटकै बेटर नेपाल अस्पताल पुर्याएको थियो । तर अस्पताले उनलाई थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल रेफर गरेकोमा बुधबार नै वर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट