logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित

    1KShares
    गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित

    काठमाडौँ, १३ साउनः गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ ।

    मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को जानुभएको थियो ।

    विद्यार्थीकालमा उहाँले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) हुनुभयो भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) हुनुहुन्थ्यो ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन हुनुभएको छ । यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित हुनुभएको छ ।

    महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित हुनुभएको छ । यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा मनामूर्ति भुर्तेल निर्वाचित हुनुभएको जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट