logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कैलाली र कञ्चनपुरमा भारी वर्षा, ठाउँठाउँमा डुबान

    1.1KShares
    कैलाली र कञ्चनपुरमा भारी वर्षा, ठाउँठाउँमा डुबान

    काठमाण्डौ । कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको छ । जल तथा मौसम विभागको वेबसाइटमा प्राप्त जानकारीअनुसार कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २ सय ७० मिलिमिटर वर्षा भएको छ । यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १ सय ९२ मिलमिटर र कैलालीको धनगढी विमानस्थलमा १२ घण्टामा १ सय ८१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

    धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका धेरैजसो घरमा पानी पसेर क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगरमा पनि डुबान भएको छ ।

    यस्तै कञ्चनपुरका पुनर्बास, कृष्णपुरलगायतका ठाउँमा केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

    अत्यधिक वर्षा भएपछि मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर सावधानी अपनाउन भनेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले स्थानीय बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट