logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

    1.3KShares
    दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।प्रहरी सेवामा सहायक हवल्दारको रूपमा कार्यरत रहेका ऐरीले औपचारिक रूपमा राजीनामा दिएका छन्। विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले दीपेन्द्रको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए ।

    उनले केही महिनाअघि बुझाएको राजीनामा केही दिनअघि स्वीकृत समेत भइसकेको प्रवक्ता घिमिरेले बताए । राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट