काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी र केही बेर राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा विरोध गरे पनि अवरोधकाबिच बैठक बसिरहेको हो ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही सुरु गर्दा रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध जनाएका छन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिनुभएसँगै रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका थिए ।
यसैबीच, बैठक चलिरहँदा राप्रपाका सांसद बाहिरिएका छन् । सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए । रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया