logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • सिद्धिनरसिहं मल्लको पालादेखि सुरू ललितपुर शास्त्रीय सङ्गीत महोत्सव जारी

    1.2KShares
    सिद्धिनरसिहं मल्लको पालादेखि सुरू ललितपुर शास्त्रीय सङ्गीत महोत्सव जारी

    ललितपुर । ललितपुरमा आज शास्त्रीय सङ्गीत महोत्सव हुँदैछ । ३८८ वर्षअघि अर्थात् सिद्धिनरसिहं मल्लको पालादेखि जेठ शुक्ल पूर्णिमाका दिन शास्त्रीय सङ्गीत महोत्सव गर्ने चलन छ ।

    सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार गरेका राग मल्हारसहित ३१ वटा गीत गाउने गरिन्छ । आजलाई सङ्गीत दिवसका रुपमा लिएर मङ्गलबजारमा दुई वटा साङ्गीतिक कार्यक्रम हुन लागेको आयोजकमध्येका एक कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

    परम्परागत रूपमा निरन्तर चलिरहेको सिद्धिनरसिंह मल्लका गीतहरूको प्रस्तुतिको कार्यक्रम दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । त्यस्तै आज नै मङ्गलबजारमा मल्लकालीन सिहांसन र परम्परागत पौभाको पनि प्रदर्शन गरिँदैछ । साथै काठमाण्डौ उपत्यकाका नेवारहरूले आजकाे दिनलाई वर्षको सबैभन्दा लामो दिनका रूपमा लिने गर्दछन् ।

    यसैबीच आज काभ्रेको पनौतीमा भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जात्रा हुँदैछ ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट