logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • मिटरब्याज पीडित किसान-मजदुरहरुले कारागारमै भेटे रविलाई

    952Shares
    मिटरब्याज पीडित किसान-मजदुरहरुले कारागारमै भेटे रविलाई

    काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् ।मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।

    भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले बताए ।निर्घ नविनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन । त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाइ चिन्न छोडिसक्यो ।’

    संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरुमा प्रहरी र सिडिओहरु फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए । ‘सरकार साहुकारहरु जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पिडितका लागि’, उनले भने । जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पिडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।

    लामिछानेले भने, ‘धनी र गरिबबीचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नु,जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ?सुन्नुपर्छ,सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाइँहरुबीच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाइँहरुले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’



    फास्ट न्युज    
  • २०८२ बैशाख २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार