logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने सरकारको घोषणा

    967Shares
    कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने सरकारको घोषणा

    काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे ।

    उनले भने-‘कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने गरी करदाता–मैत्री राजस्व प्रणाली विकास गरिनेछ।’

    यस्तै, उनले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने समेत घोषणा गरे । निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नरहेका परियोजनाहरू स्थगन गरिने घोषणा गरेका हुन् ।

    ‘विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्नुपर्छ,। परियोजनालाई वर्गीकरण गरी यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गरिनुपर्छ।’-पौडेलले भनेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट