logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • शिक्षक र सरकारबीच नौ बुँदे सहमति, आन्दोलन स्थगित

    1KShares
    शिक्षक र सरकारबीच नौ बुँदे सहमति, आन्दोलन स्थगित

    काठमाण्डौ।  सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच बुधबार साँझ ९ बुँदे सहमति भएको छ । सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि सहमति भएको हो । सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको र बिहीबारदेखि पठनपाठन शुरू हुने बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।

    शिक्षामन्त्री पन्तले शिक्षकहरूको माग सम्बोधन गर्न वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने प्रष्ट पारे ।  जेठ १५ गते सम्म संसद बैठकबाट सहमतिका बुँदा अनुमोदन गरिने मन्त्री पन्तले पत्रकारलाई स्पष्ट पारे । सहमति सार्वजनिकीकरणका अवसरमा शिक्षा मन्त्री पन्त र गृहमन्त्री रमेश लेखकले आन्दोलनरत शिक्षकबीच भएको सहमति र अबको कार्यान्वयनको पाटो सम्बन्धमा प्रष्ट पारेका थिए । सरकार र शिक्षकबीच नौ बुँदे सहमति भएपछि सो सहमतिलाई आजै बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच सहमति भएको थियो । वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि सहभागी थिए । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सबै शैक्षिक गतिविधि ठप्प पारेर ३० दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका थिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट