logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • क्यानडाको चुनावमा लिबरल पार्टीको जीत

    925Shares
    क्यानडाको चुनावमा लिबरल पार्टीको जीत

    क्यानडाको आमचुनावमा मार्क कार्नीको लिबरल पार्टीले जीत हासिल गरेको छ । प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले एक सय ६७ सिट जितेर सत्ता कायम राखेको तर बहुमतबाट भने चुकेको बीबीसीले जनाएको छ ।

    ३ सय ४३ सिट रहेको हाउस अफ कमन्स चेम्बरमा बहुमतका लागि एक सय ७२ सिट आवश्यक पर्छ । लिबरलहरूले सन् २०१५ मा बहुमत प्राप्त गरेपनि सन् २०१९ देखि अल्पसङ्ख्यकसँग मिलेर शासन गर्दै आएका छन् । यस्तै कन्जरभेटिभ पार्टीले एक सय ४५ सिट जितेको छ ।

    यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको खबरमा उल्लेख छ । उहाँले राष्ट्रपति ट्रम्पले क्यानडालाई तोड्न खोजेको र त्यो कहिल्यै पूरा नहुने बताउनुभयो ।

    प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आफूहरूको पुरानो सम्बन्ध अब समाप्त भएको पनि बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहनुभएको छ र क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट