logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपाल भारत सीमामा उच्च सतर्कता, आवातजावतमा कडाइ

    925Shares
    नेपाल भारत सीमामा उच्च सतर्कता, आवातजावतमा कडाइ

    सुनसरी । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको हो ।

    सुनसरी जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

    सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाको भनाइ छ । सुनसरीको सीमा क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ । मानिसहरु आवातजावत हुँदा चेकजाँचमा कडाइ गरिएको छ । कश्मिरको पहलगाममा भएको हमालामा नेपालका सुदीप न्यौपाने सहित २६ जनाको मृत्यु भएको थियो ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट