नयाँ दिल्ली । भारतको उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू तत्काललाई रोकिएको छ । ती विमानस्थल छिमेकी पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसरलगायत शहरमा रहेका छन् ।
एअर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एअरलाइन्सले यसअघि बुधवारदेखि नै उडान रद्द गरिसकेका छन् । भारतीय एअरलाइन्सहरूले अन्य विमानस्थलबाट उड्ने यात्रुहरूलाई पनि सुरक्षाका उपायहरू थप बढाउने र प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि नै आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।
जम्मू–कश्मीर क्षेत्रमा गएराति पनि गोलाबारी भएको छ । बीबीसीका अनुसार कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा गोलाबारीको आवाज सुनिएको हो ।
भारतले बुधवार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण शुरू गरेपछि भारत र पाकिस्तानबीच तनाव चर्किएको हो । पहलगाममा गएको वैशाख ९ मा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया