logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • दिक्तेल रुपाकोट मझुवागढी नगरका वडाले बाड्यो कृषक समुहलाई तरकारीको बीउ बिजन

    1.7KShares
    दिक्तेल रुपाकोट मझुवागढी नगरका वडाले बाड्यो कृषक समुहलाई तरकारीको बीउ बिजन

           खोटाङ । वडा अध्यक्ष संग कृषी कार्यक्रम अन्तर्गत कृषकहरुलाई बीउ बिजन बाडिएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न १ का कृषक समुहहरुलाई आइतबार वडाकार्यलयमा तरकारीको बीउ बिजन बाडिएको हो।

         लामो समय खडेरी लागेर केही दिन देखि पानी परिरहेकोले तरकारी लगाउने उपयुक्त समय भएकोले हिजो कृषकहरुलाई तरकारीको बीउ बाडिएको कार्यवाहक वडा अध्यक्ष अन्जना केसीले बताइन्। उनका अनुसार १ नं. वडाका १६ कृषक समुहलाई तरकारीको बीउ बाडिएको छ।

    यसले करिव दुई सय घरपरिवारका कृषकहरु लाभान्वित हुजेछन्। कृषकहरुलाई सिमी, टमाटर, रायो, मुला र तुनेबोडी जस्ता मौसमी तरकारीको बीउ बाडिएको थियो।



    फास्ट न्युज    
  • २०८२ बैशाख ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट