logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

    958Shares
    यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

     

    काठमाडौँ, वैशाख ३ गते । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

    मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो ।

    यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

    जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।

    जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो ।

    नेपालका लागि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाउनुभयो । उहाँले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाउनुभयो । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिनुभयो ।

    यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गर्नुभयो ।

    उहाँले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाउनुभएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोड्नुभयो ।

    बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिनुभयो । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट