logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सरकारले आन्दोरत शिक्षकहरुलाई फेरि वार्तामा बोलायो

    994Shares
    सरकारले आन्दोरत शिक्षकहरुलाई फेरि वार्तामा बोलायो

    काठमाण्डाै । काठमाण्डाैमा प्रदर्शन गर्दै आएको नेपाल शिक्षक महासङ्घलाई सरकारले फेरि वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति निकालेर शिक्षक महासङ्घलाई वार्ता र संवादमा आउन आग्रह गर्नुभएको हो ।

    यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासङ्घ गएको थिएन । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् । चैत २० गतेदेखि माइतीघर–बबरमहल क्षेत्रमा शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । महासङ्घले हिजोदेखि शैक्षिक हडतालसमेत घोषणा गरेको छ ।

    शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट