logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • नेप्से सामान्य बढ्यो,सात अर्ब ८४ करोडको कारोबार

    943Shares
    नेप्से सामान्य बढ्यो,सात अर्ब ८४ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ ।बिहीबार (चैत २१)को कारोबारमा  शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ ।

    यस दिन कारोबार रकम पनि बढेको छ।बुधबार पाँच अर्ब ४४ करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब २३ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ९३ कम्पनीको सेयर मूल्य बढेको छ । १५१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ७ अर्ब ८४ करोड रुपैयाँमा किनबेच भएको छ ।

    बजार सकारात्मक रहँदा बैंकिङ, निर्जीवन बिमा, जलविद्युत् र अन्य सूचक समूह बढेका छन् । बैंकिङ सेक्टर १.१०, निर्जीवन बिमा ०.६४, जलविद्युत् ०.०३ र अन्य सूचक १.२९ प्रतिशतले बढे । बाँकी समूह सूचक राताम्य देखिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट