काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र उक्त पदमा नियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दर्ता गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेसी सुनुवाइ नभइ स्थगित भएको थियो ।
घिसिङले प्राधिकरणमा आफ्नो पदावधि बाँकी हुँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन् ।नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने घिसिङको पहिलेको नियुक्ति नै गलत भएकाले पदाधिकार दाबी गर्न नमिल्ने जिकिर गरेका छन् । उनले आफूले चार वर्षअघि दायर गरेको रिटको निर्णय नआई घिसिङले हाल दिएको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया