logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • आज स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता

    949Shares
    आज स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता

    काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

    दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट