logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • राष्ट्रिय सभामा आज मन्त्रीसँग प्रश्नोत्तर हुने

    943Shares
    राष्ट्रिय सभामा आज मन्त्रीसँग प्रश्नोत्तर हुने

    काठमाडौं।राष्ट्रिय सभाको बैठक पनि शुक्रबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे शुरु हुने बताइएको छ ।

    राष्ट्रिय सभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९-८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
    अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट