logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • भारतीय अण्डा अवैध रूपमा आयात, नेपाली उद्पादनकाे मूल्य घट्यो

    1KShares
    भारतीय अण्डा अवैध रूपमा आयात, नेपाली उद्पादनकाे मूल्य घट्यो

    काठमाडौं । भारतीय अण्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अण्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक संघको बैठकले अण्डाको भाउ घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा विशेष गरी सीमा जोडिएका बजारमा नेपाली अण्डा बिक्री हुन छाडेपछि किसानले भाउ घटाउन परेको हो ।

    ‘अहिले बजारमा ३० प्रतिशत अण्डा भारतबाट तस्करी भएर आएको छ । हामीले लागत मूल्यमा बेच्दा पनि बजार पाउने स्थिति छैन । खुल्ला सिमाना र अनुगमन फितलो हुँदा नेपाली किसानहरू मारमा परेका छन्,’ अध्यक्ष पोखरेलले अण्डाको मूल्य घटाउनुको कारणबारे भन्दै गुनासो गरे ।

    संघका अनुसार यसअघि २१ माघमा ठूलो अण्डा मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो भने आजबाट ३७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । यस्तै, ३८५ रुपैयाँ प्रतिक्रेट रहेको मिडियम अण्डाको मूल्य अब ३५० रुपैयाँ प्रतिक्रेट पर्ने भएको छ । दुई दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्ड फ्लू पुष्टि भए पनि नियन्त्रणमा आइसकेकोले त्यसको असर नपरेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार