logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • प्रकृति लम्सालको अन्तिम संस्कार

    1.1KShares
    प्रकृति लम्सालको अन्तिम संस्कार

    भैरहवा (रुपन्देही) । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।

    उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।

    विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट