logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • शानदार मःम पसलमा ग्याँस विस्फोटमा परेका थप एक जनाको मृत्यु

    1.1KShares
    शानदार मःम पसलमा ग्याँस विस्फोटमा परेका थप एक जनाको मृत्यु

    काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

    तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए । दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट