काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दल बैठक बस्दैछ।
बिहान साढे ११ बजे सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बैठक बस्ने जसपा नेपालका सांसद राजकिशोर यादवले जानकारी दिए।
बैठकले सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने आधिकारिक निर्णय गर्नेछ।
जसपा नेपालले अध्यादेशबारे अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिन राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिष सुमन र शैलेन्द्र प्रसाद साह सदस्य रहनेगरी कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले अध्यादेशबारे बिहान ९ बजे दल नेता उपेन्द्र यादवलाई सुझाव बुझाउने छ। सोही आधारमा बैठकले निर्णय गर्ने बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया