logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • संसदलाई ढकेलेर अध्यायदेश ल्याउनु गलत हो : शेखर कोइराला

    880Shares
    संसदलाई ढकेलेर अध्यायदेश ल्याउनु गलत हो : शेखर कोइराला

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हत्तार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुभएको छ ।

    सोमवार विराटनगरमा नोना कोइराला पत्रकारीता पुरस्कार बितरण कार्यक्रममा कोइरालालेसंसदलाई ढकेलेर अध्यायदेश ल्याउनु गलत भएको बताउनुभयो । उहाले दुइतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राख्नुभयो । संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृतिलाई अन्त्य गर्नुपर्ने उहाले बताउनुभयो ।

    नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार