काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्न सहमति जुटेको छ ।
सिहदरबारमा बिहीबार बसेको समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल सुरु भएको हो । छलफलका क्रममा विधेयकको प्रस्तावना नै संशोधन गर्ने सहमति भएको छ ।
विधेयकको प्रस्तावनामा संशोधन गरी पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री भन्ने शब्द थप गर्ने सहमति भएको हो। त्यस्तै छलफलका क्रममा विधेयकका केही दफालाई समेत सर्वसम्मतले पारित गरेको छ। विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि तीव्र रुपमा छलफल गरि पारित गर्ने समितिको तयारी छ।सरकारले प्रस्ताव गरेको प्रस्तावना यस्तो थियो, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया