logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री पौडेल

    982Shares
    एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् ।बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित लगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो।

    उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताए। दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण भएको उनले बताए। उनले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे।

    साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए। उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे।



    फास्ट न्युज    
  • २०८१ पुष १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार