logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • एनपीएल: तेस्रो खेलमा पनि जनकपुरको जित, पोखरालाई ७ विकेटले हरायो

    928Shares
    एनपीएल: तेस्रो खेलमा पनि जनकपुरको जित, पोखरालाई ७ विकेटले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज(विहीबार)को पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ । जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो ।

    पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।

    जनकपुरले लगातार तीन खेलमा विजयी हासिल गरेको छ भने पोखराको यो दास्रो हार हो । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट